आर्थिक वर्ष २०८०÷०८१ मा वालिङ नगरपालिकाको खर्च ८९ प्रतिशत, अघिल्लो आवमा भन्दा सुधार
स्याङ्जा, साउन—८
स्याङ्जाको वालिङ नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा भन्दा गत आर्थिक वर्ष थप सुधार गरेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष सुधार गरेको नगरपालिकाको लेखा शाखाको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्यको ८९ प्रतिशत खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २ प्रतिशतले बढि हो । यसले अघिल्लो आर्थिक वर्ष भन्दा सुधार गरेको देखिएको हो । लक्ष्यको ८९ प्रतिशत खर्च हुनु भनेको नगरपालिकाको थप सुधारसहित सफलता मान्न सकिने लेखा अधिकृत एवम् सूचना अधिकारी ज्ञानप्रसाद अर्यालले बताउनुभयो । लक्ष्य अनुसार आन्तरिक आयमा कमि आउनु र सङ्घीय सरकारबाट बजेट कटौति हुँदा पनि अघिल्लो आर्थिक वर्ष भन्दा थप दुई प्रतिशत खर्च गर्नुले सुधारसहित नगरपालिकाको सफलता मान्न सकिने लेखा अधिकृत अर्यालको भनाई छ ।
गत आर्थिक वर्ष आन्तरिक आय तर्फ ६ करोडको लक्ष्य लिइएको थियो भने ४ करोड ८ लाख मात्र आम्दानी गर्न नगरपालिका सफल भयो । यसैगरी सङ्घीय सरकारबाट आउनुपर्नेमध्ये ८ करोड ४६ लाख ९७ हजार ६ सय ५२ रुपैयाँ ७७ पैसा नआएको लेखा अधिकृत अर्यालले बताउनुभयो ।
लेखा अधिकृत अर्यालका अनुसार गत आर्थिक वर्ष कूल ९९ करोड ६७ लाख बजेट विनियोजन गरिएको थियो । तर ९१ करोड २० लाख ४९ हजार २ सय २ रुपैयाँ ८७ पैसा आम्दानी भएको थियो । यो आम्दानी आन्तरिक र बाह्य गरेर हुन आएको रकम हो । यसमध्ये ८१ करोड १७ लाख ४० हजार ३ सय ६९ रुपैयाँ ७६ पैसा नगरपालिकाले खर्च गरेको हो । बाँकि १० करोड ३ लाख ८ हजार ८ सय ३३ रुपैयाँ मौज्दात रहेको छ भने यसमध्ये ६ करोड ६६ लाख दायित्व अन्तर्गत रहने छ । ३ करोड ३७ लाख ८ हजार ८ सय ३३ अल्या भई यो आर्थिक वर्षमा आउने लेखा अधिकृत अर्यालले जानकारी दिनुभयो । यो रकम अल्या भएर आएपछि यो आर्थिक वर्ष विनियोजन हुनेमध्येको भएको उहाँले उल्लेख गर्नुभयो । यसैगरी सङ्घीय सरकारबाट आएकोमध्येबाट जम्मा ४ करोड ८३ लाख १४ हजार ७ सय ४९ रुपैयाँ खर्च गर्न नसक्दा फ्रिज हुन गएको हो । यो रकम सङ्घीय सरकारमा फिर्ता भएको लेख अधिकृत अर्यालले उल्लेख गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment