pokhara news

वालिङ नगरपालिकाको SEE २०८२ नतिजा सार्वजनिक : ८३.२६ प्रतिशत विद्यार्थी ग्रेडेड

 

वालिङ, स्याङ्जा । वालिङ नगरपालिकाभित्रका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक तथ्यांकअनुसार नगरपालिकाभित्रका २७ विद्यालयबाट सहभागी कुल ७४१ विद्यार्थीमध्ये ६१७ जना ग्रेडेड भएका छन् भने १२४ जना ननग्रेडेड भएका छन् । समग्र ग्रेड प्रतिशत ८३.२६ रहेको छ ।

यस वर्षको नतिजामा केही विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा भुमे माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भु. पू. सैनिक शान्तिप्रिय बायटारी, साइन भिलेज माध्यमिक विद्यालय तथा जीवन ज्योति अंग्रेजी माध्यमिक विद्यालय रहेका छन् ।

त्यस्तै उच्च ग्रेड प्रतिशत हासिल गर्ने विद्यालयहरूमा नेपाल आदर्श मावि, भु. पू. सैनिक शान्तिप्रिय बायटारी, साइन भिलेज मावि, जीवन ज्योति अंग्रेजी मावि र भुमे मावि अग्रस्थानमा रहेका छन् ।

नगरपालिकाको तथ्यांकअनुसार उल्लेखनीय प्रदर्शन गर्ने विद्यालयहरूमा भु. पू. सैनिक आवासीय माध्यमिक विद्यालय वालिङले ९७.२९ प्रतिशत, पिस जोन इन्स्टिच्युट एकेडेमीले ९७.१४ प्रतिशत, सगरमाथा अंग्रेजी आवासीय माविले ९६.५५ प्रतिशत, अर्मादी ई स्कुलले ९६.१५ प्रतिशत तथा बालविद्या आवासीय माविले ९५.५५ प्रतिशत नतिजा ल्याएका छन् ।

यसपटकको SEE नतिजाले वालिङ नगरपालिकाको शैक्षिक अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको स्थानीय शिक्षा सरोकारवालाहरूले बताएका छन् । नगरपालिकाले कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधारलाई “स्मार्ट सिटी वालिङ निर्माणका आधार” का रूपमा अघि बढाइरहेका बेला शिक्षा क्षेत्रमा समेत सकारात्मक सुधार देखिएको हो ।

नगरपालिका नगर प्रमुख कृष्ण खाणले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, उत्तीर्ण विद्यार्थी ,शिक्षक, अभिभावक तथा विद्यार्थीलाई बधाई दिँदै आगामी वर्ष अझ राम्रो नतिजाका लागि थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर