गल्याङमा नगरस्तरीय तीजगीत प्रतियोगिता सम्पन्न, सामुदायीक महिला समूह प्रथम
भदौ २, स्याङ्जा
स्याङ्जाको गल्याङमा नगर स्तरीय तीजगीत प्रतियोगिता—२०८१ सम्पन्न भएको छ । रेडपिपर पार्टी प्यालेसले हिजो शनिबार पार्टी प्यालेसको शुभारम्भमा आउँदै गरेको हरितालिका (तीज) का अवसरमा नगर स्तरीय तीजगीत प्रतियोगिताको आयोजना गरेको हो ।
पार्टी प्यालेसको समुद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ क्षेत्रको आवश्यकता र भोलिको सम्भावनालाई मध्येनजर गरेर पार्टी प्यालेस सञ्चालनमा ल्याइएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै नगर प्रमुख भट्टराईले गल्याङ ३ मुड्किल्लामा बसपार्क बनाउने काम अगाडि बढाइएको जानकारी दिनुभयो । बसपार्कका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि वडा नम्वर ३ र ११ को दोसाँधमा जग्गावालाहरुसँगको कुरा भैसकेको र जग्गा प्राप्तीको प्रकृया अगाडि बढेको उल्लेख गर्नुभयो । यसका लागि नगरबाट होस या प्रदेश तहबाट जहाँबाट भए पनि बजेट व्यवस्थापनको प्रकृयामा जानेकुरा जानकारी गराउनुभयो । अबको १५ दिन सम्ममा जग्गावालालाई पैसा बुझाएर नगरपालिकाको नाममा बसपार्कको संरचना निर्माणको काम अगाडि बढ्ने उहाँले बताउनुभयो ।
गल्याङ नगर स्तरीय तीजगीत प्रतियोगितामा १२ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा सामुदायीक महिला समूह गल्याङ ४ ले प्रथम स्थान हासिल गरेको छ । प्रथम स्थान हासिल गरेसँगै आँधिखोला सामुदायीक महला समूहले नगद रु.७ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी फेर्च नमखान महिला समूह गल्याङ ११ द्वितीय र आँधिखोला आमा समूह गल्याङ ३, तल्लो गल्याङले तृतीय स्थान प्राप्त गरेका छन् । द्वितीय र तृतीय स्थान हाँसिल गर्ने समूहले क्रमशः नगद रु. ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय कलाकार अर्जुन गैह«े, श्याम राना, सुनिता नेपालीको प्रस्तुतिले दर्शकहरुलाई निकै रमाइलो प्रदान गरेको थियो । यसैगरी नृत्याङ्गना एवम् मोडल सलिना थापा, सृष्टि विश्वकर्मा तथा शिला गोतामेको प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चित बनाएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment