pokhara news

दोस्रो राष्ट्रपति रनिङ  शिल्डको उपाधि नेपाल आदर्शले जित्यो

वालिङ, १२ पुस ।
वालिङमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल आदर्श माविले हात पारेको छ । शनिबार वालिङ खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित ८ नम्वर वडामा रहेको नेपाल आदर्श माविले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै ९ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित १० नम्वर वडाको पूर्णामृत भवानी मावि वालिङ  द्वितीय, ३ स्वर्ण, ५ रजत सहित वालिङ १३ को लक्ष्मी मावि तृतीय र २ स्वर्ण, २ रजत र ४ कास्य सहित वालिङ ३ को माझकोट मावि सान्त्वना भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले रु.३० हजार, २० हजार, १० हजार र ५ हजार नगदसहित शील्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियागितामा पायोनियर माविले १ स्वर्ण, ३ रजत र ४ कास्य हात परेको छ भने सरस्वती माविले २ स्वर्ण १ कास्य, साईभिलेज एकेडेमीले १ स्वार्ण र २ कास्य, वालिङ बहुमुखी क्याम्पसले १ स्वर्ण, २ रजत र २ कास्य, पिसजोन, सगरमाथा मावि र टापु भञ्याङ माविले १÷१ रजत पदक प्राप्त गरेका छन् । त्यस्तै उपल्लो पेखु माविले १ रजत र १ कास्य, रणवीर माविले १ रजत र २ कास्य, महेन्द्र माविले १ कास्य, भुपू सैनिक मावि वालिङले २ रजत, ५ कास्य, बालसिद्ध माविले २ कास्य, भुपू सैनिक मावि बायटारीले १ रजत पदक प्राप्त गरेका छन् । २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागी प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागि प्रतिष्पर्धा भएको हो । प्रतियोगितामा छात्रा तथा छात्र भलिबल, छात्र तथा छात्रा कबड्डी, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर छात्रछात्रा दौड, ४०० र १६०० रिले दौड प्रतियोगिता, लङ जम्प, हाई जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रोलगायतका खेलहरु खेलाईएको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर