नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगितामा बालविद्या प्रथम
मङ्सिर १६, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगितामा बालविद्या विकास माध्यमिक विद्यालय प्रथम भएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा बाल विद्या विकास माध्यमिक विद्यालय प्रथम भएको हो । शनिवार पंतञ्जली योग पिठ भवनमा आयोजित प्रतियोगितामा नगरभित्रका कुल ११ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।
विद्यार्थीको प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । यस्ता कार्यक्रमले प्रतिभा मात्र नभई स्थानीय कला संस्कृति र भेष भूषाको संरक्षण पनि हुने प्रमुख खाँणको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै नगरउप्रमुख कविता गैह्रेले पढाईको अतिरिक्त विद्यार्थीको रुचि अनुसारको क्षमता पहिचान गर्न नगरले सहयोग गर्ने बताउनुभयो । यस्ता नृत्य प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउँदै कला प्रदर्शन गर्ने र शारीरिक क्षमता विकास हुने गैह्रेको भनाई थियो ।
प्रतियोगितामा द्वितीय—अर्मादी मावि, तृतीय—सगरमाथा मावि र सान्त्वना भएको बाल सिद्ध माध्यमिक विद्यालय भएका हुन् । विभिन्न स्थान प्राप्त गर्ने विद्यालयहरुलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद र प्रमाण पत्र सहित सम्मानित गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment