नागरिकको स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकता दिएको छ ः मन्त्री पाठक
वालिङ,२१ मङ्सिर ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकता दिएको बताउनुभएको छ । आईतबार स्याङ्जाको बिरुवा गाउँपालिका ६ चिन्नेबासमा आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री पाठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा एक पालिका एक अस्पतालको अवधारणा अनुसार देशका बिभिन्न पालिकाहरुमा अस्पताल निर्माण पश्चात सञ्चालन पनि भईसकेको बताउनुभयो ।
बिरुवामा अस्पताल भवन निर्माण संँगै दक्ष जनशक्ति र प्राविधिक उपकरण समेतको व्यवस्था गरिने भएकाले अस्पतालमा १ जना पालिकाले र १ जना प्रदेशले दरबन्दीमा चिकित्सक पठाउने मन्त्री पाठकले उल्लेख गर्नुभयो । तीन तहको सरकारको नीति रहेको मुलुकमा स्थानीय सरकारलाई प्रदेश सरकारले दक्ष जनशक्ति, औषधी तथा उपकरणहरुको व्यवस्थापन प्रदेश तहको सरकारले व्यवस्था गर्ने मन्त्री पाठकले बताउनुभयो ।
पछिल्लो समय नेपालमा नसर्ने रोग बढेका कारण प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरेर समुदायस्तरमा पुगेर स्क्रिनिङ गर्ने र नसर्ने रोगबाट बच्नका लागि नागरिकलाई सचेत बनाउने उहाँले औंल्याउनुभयो । नागरिकको स्वास्थ्य ध्यानमा राख्दै आफ्नो कार्यकालमा १३ अस्पतालको स्तरोन्नति गरिएको र आयुर्वेद उपचारलाई समेत प्रदेशले उत्तिकै चासोका साथ काम गरिरहेको मन्त्री पाठकले व्यक्त गर्नुभयो । वर्तमान समय निकै असहज परिस्थितिमा रहेको भन्दै मुलुकमा संघीय गणतन्त्रको स्थापना पछि धेरै विकास निर्माणका कार्यहरु भएको मन्त्री पाठकले बताउनुभयो ।
६ रोपनी ७ आना ३ पैसा ३ दामको क्षेत्रफलमा फैलिएको अस्पताल १० शैयाको रहेको छ । अस्पतालमा मेडिकल अफिसर सहित १६ जना कर्मचारी रहनेछन् । अस्पताल सामाजिक विकासमा लागि सहयोगी हात संस्थाले १ करोड ७४ लाख ८० हजारको लागतमा निर्माण गरिएको हो । अस्पतालबाट हरिनास गाउँपालिका सहित हरिनास गाउँपालिका र चापाकोट नगरपालिकाका नागरिकले पनि सेवा लिनेछन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुँवरले उपचारको लागी टाढा टाढा धेरै पैसा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै नागरिकको स्वास्थ्य पालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । अस्पताल निर्माणका लागि संस्थाले गरेको सहयोग सराहनीय रहेको उल्लेख गर्दै अध्यक्ष कुँवरले बिभिन्न राजनीतिक दल, पदीय जिम्मेवारीमा रहेका प्रदेश मन्त्रीहरु लगाएतको भूमिका प्रति धन्यवादसहित आभार व्यक्त गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment