pokhara news

पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी

वालिङ २८, कात्तिक
पाल्पाको रामपुरमा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी एकदिने पैरवी कार्यक्रम गरिएको हो । 
कार्यक्रममा नगरपालिका भित्र सम्भावित स्वास्थ्यजन्य विपद र यसको न्यूनीकरण तथा व्यवस्थापनका विषयमा अभिमुखिकरण गरिएको थियो । स्वास्थ्यजन्य विपदको समयमा द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीको भूमिका, काम कर्तव्य र अधिकारका विषयमा छलफल भएको थियो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा कार्यबाहक नगर प्रमुख बालकुमारी थापाले नगरपालिका भित्र हुन सक्ने सम्भावित विपदलाई न्यूनीकरण र यसको प्रकोप फैलन नदिन सबै सचेत भई एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो केही वर्षयता रामपुरमा कालाजार रोगका विरामीको संख्या बढ्दो रहेकाले यसबाट बच्नका लागि सचेतना संँगै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै कालाजार रोगको शङ्का लाग्ने विरामी फेला परेमा तत्काल जाँच गरी उपचारका लागि सिफारिस गर्न उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । उपप्रमुख थापाले रामपुर नगरपालिकालाई कालाजार रोगमुक्त गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने जानकारीसमेत दिनुभयो । थापाले विपद न्यूनीकरण र विपद पश्चात व्यवस्थापनका लागि पालिका स्तरमा रहेको द्रुत प्रतिकार्य समिति र टोली दुवैले महत्वका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो । 
यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले विगतको समयमा भएका स्वास्थ्यजन्य विपदको अनुभवबाट सिकेर भविष्यमा हुन सक्ने विपद्लाई रोक्न सचेतना सहित सबै तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । उहाँले हरेक विपद मानवीय स्वास्थ्य संँग जोडिने भन्दै सर्वसाधारण जनतालाई सचेत बनाउन विभिन्न शिविर तथा अभियान सञ्चालन गर्न सके महामारी र विपदबाट बच्न सकिने उल्लेख गर्नुभयो । 
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख टुक प्रसाद पोखरेलले स्वास्थ्यजन्य विपद नियन्त्रण र व्यवस्थापनका लागि समिति र टोली दुवैलाई सक्रीय बनाउनका लागि पैरवी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले सरुवा रोगबाट निम्तिने विपद न्यूनीकरण हुँदै आए पनि नसर्ने रोग नियन्त्रण गर्ने चुनौती रहेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा स्वास्थ्यजन्य विपदको समयमा गर्नु पर्ने काम, रोकथाम तथा न्यूनीकरण, पूर्व तयारी, पुनस्र्थापना कार्य, विपद जोगखिमको नक्साङ्कन, कानुनी व्यवस्था, द्रुत प्रतिकार्य समिति र टोलीको आवश्यकता लगायतका विषमा सहजिकरण गरिएको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर