pokhara news

प्रशिद्ध छायाँक्षेत्र मन्दिरमा आज साउनको अन्तिम सोमबार विहानैदेखि भक्तजनहरुको घुईंचो, साँझ महाआरती विशेष हुने

साउन २८, स्याङ्जा
स्याङ्जाको भीरकोट ४ स्थित छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिरमा आज साउन महिनाको अन्तिम सोमबार विहानैदेखि भक्तजनहरुको घुईंचो लागेको छ ।
जिल्लाकै धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको छायाँक्षेत्रमा दैनिकजसो नै दर्शनार्थीहरु आउने गर्दछन् । साउन महिना शिव महिमा भएकाले थप दर्शनार्थीको उपस्थिति हुने गर्दछ ।
साउनको पहिलो सोमबारदेखि साँझको समयमा दैनिक महाआरती गर्दै आइएको छ । दैनिकजसो नै साँझको महाआरतीका बेला पनि भक्तजनहरुको भीड लाग्ने गरेको छ । आज साउन महिनाको अन्तिम सोमबार साँझको महाआरती अझ विशेष रहने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी गराउनुभयो । अध्यक्ष श्रष्ठका अनुसार महिनाको पहिलो सोमबारदेखि सुरु गरिएको महाआरती अन्तिम सोमबार भक्तजनहरुको विशेष उपस्थिति रहने छ । भक्तजनहरुले इच्छा अनुसार आ आफ्नो मनोकामना अनुसार बाल्न पाइने भएकाले र धेरैजना सम्पर्कमा रहनुभएकाले पनि आज साँझको महाआरतीमा विशेष सहभागिता रहने विश्वास गरिएको छ ।
साउनलाई शिव महिना वा शिव महिमाकारुपमा लिइने भएकाले यो समयमा  भगवानको पवित्र मन्दिर दर्शनसहित महाआरती लगाउनाले पूण्य मिल्ने जनविश्वास छ । इच्छा भएर पनि छुट्नुभएको छ भने महाआरतीमा सहभागिता जनाई लाभलिन अध्यक्ष श्रेष्ठको आग्रह छ । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर