pokhara news

बिरुवामा अध्यक्ष सँग विद्यार्थी कार्यक्रम सञ्चालन

वालिङ,२० मङ्सिर ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले चालू आ. व.२०८२÷०८३ को अध्यक्ष सँग विद्यार्थी कार्यक्रम अन्तर्गत मुख तथा दन्त स्वास्थ्य परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको हो । बिरुवा गाउँपालिकाको आयोजना र कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको छ । हिजो शुक्रबार बिरुवा मुनलाइट एकेडेमी, सन्फ्लावर बोर्डिङ्ग, जामुनेडाडा मा.वि. लगायत २ नं वडाका सबै आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुख तथा दन्त स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । हिजो मात्रै २ सय ३ जनाको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको छ । शिविर २३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो । 
पालिकाका सबै माध्यमिक विद्यालयमा दन्त रोग परीक्षण शिविर सञ्चालन गरिने छ । यसैगरी विद्यालयहरुमा सञ्चालित शिविरमा मुख तथा दाँतको समस्या देखिएकाहरुका लागि यही २४ र २५ गते पालिका सभाहलमा उपचार शिविरको कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर