pokhara news

भेषजराज साहित्य प्रतिष्ठानकोे ८४ औँ शृङ्खला

वैशाख १३, वालिङ ।
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले नियमित रचनावाचनको ८४ औं शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानले मासिकरुपमा सञ्चालन गर्दै आएको नियमित रचनावाचनको ८४ औं शृङ्खला आज वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रममा वालिङ नगरपालिका १ नम्वर वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज गुरुङले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गुरुङले समाजका विकृति विसङ्गतिलाई साहित्यीक रचनाले उजागर गर्दै र सामाजिक सचेतना फैलाउने उल्लेख गर्नुभयो । प्रतिष्ठानले आयोजना गर्ने नियमित रचनावाचन कार्यक्रमले भेषजराज शर्माको साहित्यीक योगदानको सम्मानसँगै लेखन वृत्ति विकासमा टेवा पु¥याएको उहाँले औंल्याउनुभयो । उहाँले प्रतिष्ठानका लागि संस्थागत एवम् अग्रज गुरुको सम्मानार्थ आफ्नो तर्फबाट सँधै साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेशका पूर्व सभासद मोहन रेग्मीले नेपाली साहित्यमा भेषजराज शर्माको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले अग्रज स्रष्टा सम्मानसँगै नवप्रतिभाहरुलाई अवसर प्रदान गरेर सराहनीय कार्य गरेको व्यक्त गर्नुभयो । ८४ औं शृङ्खलाको अध्यक्षतासमेत गर्नुभएका गण्डकी प्रदेशका पूर्व सांसद रेग्मीले नियमित लेखन तथा वाचन अभ्यासले मानिसको बौद्धिक विकासमा वृद्धि ल्याउने उल्लेख गर्नुभयो । सामाजिक सचेतनासँगै विभिन्न कालखण्डमा देशमा भएका राजनीतिक परिवर्तनमा साहित्यकारहरुको अहम भूमिका रहेकोसमेत उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा डेढ दर्जन बढिले आ आफ्ना रचनावाचन गरेका थिए ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर