pokhara news

महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठी र बोका वितरण

चैत ३०, वालिङ ।
स्याङ्जाको वालिङमा महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राका पाठी र बीउ बोका वितरण गरिएको छ । वालिङ–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको हो । स्थानीय सहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई आज शनिबार पाठी तथा बीउ बोका वितरण गरिएको छ । 
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत “भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔँ” भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । 
बाख्राका पाठापाठी वितरण गर्दै  वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । 
बाख्राको नश्ल सुधार गरी आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नश्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उहाँको भनाई छ । डाक्टर बस्यालले बाख्रा पालनका क्रममा आई पर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारीसमेत उहाँले गराउनु भयो । 
कार्यक्रम अन्तरगत साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांस सदस्यहरु दलित महिला रहेका छन् । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ । 
वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर