मिलन समीरको मुक्तक सङ्ग्रह विमोचन
साउन ५, स्याङ्जा
वालिङमा युवा साहित्यकार मिलन समीरको नयाँ कृति “मिलन मन्त्र” विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला अन्तर्गत “समीर साँझ २०८१” मा समीरको तेस्रो एकल मुक्तक वाचन मिलनमँन्त्र विमोचन तथा विमर्श गरिएको हो । आज विमोचित मिलनमन्त्र समीरको मुक्तक विधाको पहिलो कृति हो । युवा साहित्यकार समीरको यो चौथो कृति हो भने मुक्तक विधाको पहिलो हो । समीरले आफ्नो जन्मदिनकासाथै ४२ औं विपी स्मृति दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्नुभएको हो ।
समीरको मुक्तक सङ्ग्रह विमोचन गर्दै वरिष्ठ साहित्यकार देवीप्रसाद वनबासीले हाम्रो जीवन बोल्ने बताउनुभयो । जीवनका भोगाईसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले साहित्यलाई समाजको ऐना भनिएको वरिष्ठ साहित्यकार वनबासीले औंल्याउनुभयो । समाजका विकृति विङ्गति विरुद्ध बोल्नुकासाथै राष्ट्रिय राजनीतिलाईसमेत व्यङ्ग्यात्मक झटारो हानेर लयमा ल्याउने सन्देश दिने भएकाले साहित्य लेखनमा लाग्न आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा साहित्यकार यामप्रकाश खनालले कृति माथि समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । शिक्षण पेशासँगै साहित्य लेखनलाई निरन्तरता दिदै आउनु भएका समीरको मिलन मन्त्र सरल र पठनीय कृति रहेको बताउनुभयो । नेपाली साहित्यमा समीरको मुक्तक सङ्ग्रहले इटा थप्ने काम गरेको टिप्पणीकार खनालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा कृतिकार समीरको मुक्तक वाचनले साहित्य अनुरागीहरुलाई मन्त्रमुग्ध पार्नुकासाथै रोचकता प्रदान गरेको थियो । यसैगरी कार्यक्रममा सहभागीहरुमध्ये एक दर्जन बढीले आ—आफ्ना रचना वाचन गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment