pokhara news

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा गौडेल

वालिङ, २३ कात्तिक– राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, स्याङ्जाको नवौं अधिवेशसन सम्पन्न भएको छ । हिजो शनिबार साँझ सम्पन्न अधिवेशनबाट प्रतिष्ठानको अध्यक्षमा जगत गौंडेल सर्वसम्मत चयन हुनु भएको छ । गौंडेल यस अघिको समितिमा प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट अध्यक्ष गौंडेलसहित नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा राजेश भण्डारी, द्वितीय उपाध्यक्ष–अनिल लम्साल, महिला उपाध्यक्ष–तारा पौडेल श्रेष्ठ, सचिव रेशम थापा, सहसचिव–पाल बहादुर सिंङ (लक्ष्मण ठकुरी), कोषाध्यक्ष–रविना गुरुङ र सह–कोषाध्यक्ष सम बस्याल रहेका छन् । यसैगरी जीवन थापा, कृष्ण मल्ल ठकुरी, सगुन थापा, थमबहादुर नेपाली, विक्रम सम्वत, एलिना गुरुङ, शुशिल पोख्रेल, भोजकुमारी पाण्डे, सवाष गुरुङ, यज्ञ प्रसाद डुम्रे, बत्ती थापा, लिल बहादुर थापा र ज्ञानीमायाँ गुरुङ (शिला) गरी २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नवनिर्वाचित कार्य समितिको प्रथम वैठकले प्रतीक्षा काफ्ले, मञ्जु खनाल र सुरेश विक गरी ३ जना मनोनितसहित २४ सदस्यीय समिति निर्माण गरेको छ भने पछि १ जना सदस्य पुनः मनोनित गर्नेगरी २५ सदस्यीय कार्यसमिति बनाइने नवनिर्वाचित अध्यक्ष गौंडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख आमन्त्रितमा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा रहनुभएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष शर्माले हाम्रा अग्रजहरुले देखाएको बाटो पछ्याउँने क्रममा आज धेरैजना कलाकर्मीले आफ्नो व्यक्तित्व विकास गर्न सफल भएको बताउनुभयो । कलाकारितालाई मुख्य आधार बनाएर लागेका धेरै कलाकर्मीहरु आफ्नो शान मान र इज्जतकासाथ स्थापित हुन सफल भएका शर्माको भनाई थियो । त्यसैले अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने संस्थाको नारालाई आत्मसाथ गर्दै हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा हामी सबै लाग्नुपर्ने शर्माले उल्लेख गर्नुभयो । 
नवनिर्वाचित समितिका अध्यक्ष गौंडेललाई सपथ ग्रहण गराउँदै प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँणले स्थापनाकालदेखि सर्वसम्मतरुपमा कार्यसमिति चयन हुँदै आएको जिल्लाको इतिहासलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रतिष्ठानको गण्डकी प्रदेश संयोजकसमेत रहनुभएका खाँणले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै  अग्रजलाई सम्मान र नव प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारालाई आत्मसाथ गर्दै चुस्त र दुरुस्तरुपमा कार्य सम्पादनसहित अगाडि बढ्न आग्रह गर्नुभयो ।  
अधिवेशनका अवसरमा निवर्तमान बनेको नेत्र खड्काको अध्यक्षतामा रहेको जिल्ला कार्य समितिले संथापक अध्यक्ष गोपाल जिटीसहित पूर्व अध्यक्षहरु अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डे र ऋषि डुम्रेलाई सम्मानपत्रले सम्मान गरेको थियो । यसैगरी नव प्रतिभामा बाल नृत्याङ्गनाहरु आयुषा खत्री, निष्मा खनाल, वर्षा गुरुङ र रियाना सुवेदी   गरी ४ जना बाल कलाकारलाई प्रशंसापत्रले सम्मान गरेको छ । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर