लुम्बिनीका स्वास्थ्यमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता
साउन ३०, दाङ
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।
सचिव श्रेष्ठको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाई स्वास्स्थ्य मन्त्रालयबाट सञ्चालन हुने कार्यक्रम र प्रवाह हुने सेवालाई सुधार गर्दै नतिजामा आवद्ध गर्न कार्यसम्पादन सम्झौता गरिएको मन्त्री सारुले बताउनुभयो । सम्झौताको कार्य अवधी २०८३ असार मसान्तसम्म रहने स्वास्थ्य मन्त्रालय लुम्बिनीले जनाएको छ ।
सम्झौतामा संलग्न सूचकहरु बमोजिम आफूले गरेका कार्यहरु चौमासिक रुपमा र आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र मन्त्री समक्ष कार्यसम्पादन सम्झौताको स्वमूल्याङ्कन प्रतिवेदन सहित बुझाउनुपर्ने जनाईएको छ । मन्त्री सारुका अनुसार बाल मृत्यूदर, मातृ मृत्यूदर, पुर्ण खोप उपलब्धता भएका बालबालिका, पाँच वर्ष मुनिका कम तौल भएका, पुड्कोपना भएका, ख्याउटेपना भएका, मन्त्रालय अन्तरगतको समग्र खर्च, बेरुजु फछ्र्यौट, गुनासो फछ्र्यौट, प्रदेशमा स्वास्थ्य बीमामा आवद्ध जनसंख्यालगाएतका विषयमा आर्थिक वर्षको अन्त्यमा पूरा गर्नुपर्ने लक्ष्य तोकेर सम्झौता गरिएको छ ।
त्यस्तैगरी विभिन्न भौतिक संरचना निर्माण तथा पुनः निर्माण, पोषण सुधार कार्यक्रम, संक्रामक रोग न्यूनिकरण, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, रक्तसञ्चार सेवा कार्यक्रम, प्रदेशभित्रका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम, स्वास्थ्य सम्बन्ध िविभिन्न नीति, ऐन, नियमावली, रणनीति, निर्देशिका, मापदण्ड, कार्यविधी तथा उपचार प्रोटोकल निर्माण गर्नेलगायतका विषयमा कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
सम्झौतामा पहिलो, दोश्रो, तेश्रो चौमासिक र वर्षभरी गर्नुपर्ने कामको वर्गीकरण गरिएको छ ।
प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठले कार्यसम्पादन सम्झौताले काम गर्न थप हौसला मिलेको बताउनुभयो । उहाँले सम्झौता अनुसार काम गर्ने डेडलाईन हुँदा थप सक्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्रालय लुम्बिनीले स्वास्थ्य निर्देशनालय र मातहतका संस्थाहरु संँग कार्यसम्पादन सम्झौता गरेर प्रभावकारी कार्यान्वयन गरिने सचिव श्रेष्ठको भनाई छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment