लेखन सिर्जनामा रुचि हुनेहरुको सारथी भेषजराज साहित्य प्रतिष्ठान
गोपाल जिटी
वालिङ, २८ मङ्सिर ।
साहित्यीक सिर्जनाले समाज बोलेको हुन्छ । त्यसैले साहित्यलाई समाजको ऐना भनिन्छ । कविता, गजल, मुक्तक, कथा, उपन्यास, निवन्धलगायत चेतनामूलक साहित्यीक सिर्जनामा धेरैको रुचि हुनसक्छ तर आफ्ना सिर्जना वाचन गर्ने अवसर सधैं नमिल्नसक्छ । त्यसका लागि कुनै अवसर पर्खनुपर्छ । समय वा अवसर नमिलेको खण्डमा ती सिर्जनाहरु यसै हराउन पनि सक्छन् । तिनै साहित्यीक मनहरुका सिर्जना प्रस्तुतिका लागि भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले विगत केही वर्षदेखि नियमित रचनावाचन कार्यक्रम सञ्चालन गरेर सारथी बन्दै आएको छ । “संस्कृति, भाषा, कला र साहित्यको संवद्र्धनः भेषजराज साहित्य प्रतिष्ठानको अभियान” भन्ने मूल नारासहित प्रतिष्ठानले मासिकरुपमा रचनावाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसले गर्दा आ–आफ्ना रुचि अनुसारका सिर्जना सुन्ने सुनाउने कार्यले निरन्तरता पाएको छ ।
यसैबीच प्रतिष्ठानले शनिबार आफ्नो नियमित मासिक रचनावाचनको ९१ औं शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानको ९१ औं शृङ्खलाको शुभारम्भ गर्दै निलकण्ठ लम्सालले प्रतिष्ठानले गरेको यस कार्यक्रमले नेपाली साहित्यको विकासमा सहयोग पु¥याएको चर्चा गर्नुभयो । कविता सिर्जना गर्ने र अरूलाई सुनाउन पाउने अवसर दिइनुले साहित्यीक सिर्जनामा टेवा पुग्ने उहाँले व्यक्त गर्नुभयो । प्रतिष्ठानले आफ्नो संस्थागत गतिविधीसहित रचनावाचनको अवसर दिनु खुसीको कुरा भएको उहाँको भनाई थियो ।
कार्यक्रममा मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले कवित्व प्रतिभा सम्पन्न व्यक्तिहरूले मात्र सहज रूपमा साहित्य रचना गर्न सक्ने कुराको जानकारी गराउनुभयो । उहाँले यस्ता साहित्यिक कार्यक्रमले रसिक पाठक र श्रोतालाई आनन्द प्रदान गर्ने औंल्याउनुभयोे । कार्यक्रममा ठाकुर सुवेदी, ढालबहादुर केसी, भवीश्वर पंगेनी, बोधराज न्यौपाने, कृष्ण गिरी, कृष्णप्रसाद अर्याल लेखनाथ काफ्ले, अमृत रेग्मी, सावित्री अर्याल रेग्मी र विष्णु पंगेनी पाण्डेलगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment