वालिङमा जेष्ठ नागरिक सहयोगार्थ सडक नाटक प्रदर्शन
साउन ४, स्याङ्जा
वालिङमा साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शन गरेको छ । वालिङ ८ स्थित साइनभिलेज इन्टरनेशनल एकेडेमीले जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरेको हो । एकेडेमीद्वारा आयोजित कार्यक्रममा आफ्ना विद्यार्थीहरुद्वारा अभिनित सडक नाटकसँगै नृत्य एवम् गायन प्रदर्शन गरिएको थियो । गल्याङ नगरपालिकाको १ नम्वर वडा अन्तर्गत रामदीस्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको सहयोगार्थ सडक नाटक प्रदर्शन गरिएको एकेडमीले जनाएको छ । जेष्ठ नागरिक सहयोगार्थको व्यानरसहित वालिङको मुख्य बजारको चोक (मोड) मा नाटक प्रदर्शन गरिएको हो ।
विद्यार्थीहरुको अन्तरनिहित क्षमता विकाससँगै बालबालिकाहरुमा वृद्ध बाबा आमाहरु प्रति आदरभाव जागृत होस भनेर पनि उनिहरुद्वारा अभिनित सडक नाटक प्रदर्शन गरिएको एकेडेमीका संयोजक तेजप्रसाद पङ्गेनीले जानकारी गराउनुभयो । आज पहिलो कार्यक्रम गरिएको र आगामी दिनमा क्रमशः रामबाच्छा, बयँरघारी, बायँटारीलगायतका स्थानहरुमा पनि समय मिलाएर गर्दैजाने संयोजक पङ्गनीले बताउनुभयो । आगामी कार्यक्रमहरु अन्य क्षेत्रको सहयोगार्थ गरिने संयोजक पङ्गेनीले उल्लेख गर्नुभयो ।
वृद्ध बाबा आमाहरुको सेवा गर्नु हामी सबैको दायित्व हो, त्यसैले विद्यार्थीहरुको कलाकौशलतासँगै संस्थागत सहयोगका लागि सडक नाटक प्रदर्शन सुरु गरिएको एकेडेमीका अतिरिक्त कृयाकलाप संयोजक देवराज गैह«ेले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै आन्तरिक क्षमता विकासमा पनि सरिक गराउनुपर्छ भनेर एकेडेमीले अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई प्राथमिकता दिएको गैह«ेले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नाटक प्रदर्शनसँगै चेतनामूलक कविता वाचन, बालबालिकाहरुद्वारा नृत्य एवम् गायन प्रस्तुत गरिएको थियो । पछिल्लो समयमा आएर सडक नाटक प्रदर्शनीलगायतका कार्यक्रम नभैरहेका बेला एकेडेमीले बालबालिकाहरुको अभिनयमा गरिएको प्रस्तुतिलाई दर्शकहरुले रुचिकासाथ हेरे । बालबालिकाहरुद्वारा अभिनित नाटकलगायतका प्रस्तुतिले दर्शकहरुलाई निकै आकर्षित गरेको थियो । बालबालिकाहरु पनि आफ्नो कला प्रदर्शनमा निकै उत्साही देखिएका थिए । करिव एक घण्टाको कार्यक्रममा वालिङ मोड दर्शकहरुले भरिभराउ भएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment