वालिङमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउनेको भिड, सामाजिक सुरक्षा भत्ताका लागि हाललाई जरुरी नपर्ने
साउन—२२, स्याङ्जा
राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउन ईलाका प्रशासन कार्यालय वालिङमा दिनहुँ भिड लागिरहेको छ । राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन अधिकांश बृद्धबृद्धाहरु कार्यालयमा बढी आउने गरेका छन् । यसअघि वडा वडामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा फोटो खिचाएपनि राष्ट्रिय परिचय पत्र नम्बर भने नआएको र शिविरबाट छुटेकाहरु, राहधानी बनाउनेहरु बढीजसो फोटो खिचाउन पुगेका छन् ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भनिएपछि प्रशासनमा दिनहुँ भीड लाग्न थालेको हो । तर अहिले नै सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य नभएको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख सुवास शर्मा पौडेलले बताउनुभयो । अहिले कार्यालयमा नागरिकता बनाउने र राहधानी बनाउने भन्दा पनि राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने नै बढी छन् ।
गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रष्ट पारेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र हाललाई अनिवार्य नभएको जनाएको हो । यस अगाडि जेठ २४ गतेको मन्त्रिपरिषदको बैठकले पहिलो चरणमा २८ जिल्लामा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको थियो ।
कार्यालयमा वालिङ, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका पुरै वडा र भीरकोट नगरपालिकाको ४, ५ र ९ नं. वडा, बिरुवा गाउँपालिकाको ६, ७ र ८ नम्बर वडा हरिनास गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाका नागरिकले सेवा लिँदै आएका छन् । प्रशासनले दैनिक १ सय जनाको फोटो खिचाउँदै आएको छ । जेष्ठ नागरिकहरुको बायोमेट्रिक छिटो छरितो नहुँने कारण एकजनाको फारम भरेर फोटो खिचाउँदा १५ मिनेटसम्म लागेको र केहि ढिलो भईरहेको कार्यालयले जनाएको छ ।
कर्मचारी सङ्ख्या कम भएकाले कामको चाप बढि भैरहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । साँझ ५ वजेपछि पनि सेवा दिएर सेवाग्राहीलाई पठाउने गरेको उहाँको भनाई छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment