वालिङमा वृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न, ५ जनामा पोजेटिभ देखियो
गोपाल जिटी
वालिङ–२४, पुस ।
स्याङ्जाको वालिङमा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वालिङ नगरपालिका ८ नम्वर वडाले यही पुस २२ देखि सुरु गरेको तीनदिने वृहत स्वास्थ्य शिविर आज सम्पन्न गरेको हो । शिविरबाट १ सय ६१ जना महिलाले जाँच गराएका वडा कार्यालयले जानकारी दिएको छ । शिविरमा जाँच गराएकामध्ये ५ जनामा पोजेटिभ रिपोर्ट आएको वडा सचिव प्रेमनारायण सुवेदीले जानकारी गराउनुभयो । पोजेटिभ रिपोर्ट आएकाहरुलाई फलोअपका लागि गह्रौं प्राथमिक अस्पताल वालिङ जान सल्लाह दिइएको सचिव सुवेदीले बताउनुभयो ।
धेरैजना महिलाहरुमा पाठेघरको समस्या हुने भएकाले तीनदिने वृहत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दामोदर तिवारीले बताउनुभयो । महिलाहरुलाई पाठेघरको समस्या थाह नभएर रोग बल्झिदै जाने अवस्था पनि हुनसक्ने अवस्थालाई मध्येनजर गर्दै शिविर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष तिवारीको भनाई छ । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रममा राखेर शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । आगामी वर्ष पनि यसैगरी स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष तिवारीले व्यक्त गर्नुभयो ।
वडा कार्यालयले आयोजना गरेको वृहत प्रजनन स्वास्थ्य शिविर कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको थियो भने गह्रौं प्राथमिक अस्पताल वालिङका प्राविधिकहरुले सेवा दिएका थिए ।
कार्यक्रम अनुसार २२ गते ८ नम्वर वडाको काफलडाँडा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो भने २३ र २४ गते वडा कार्यालय परिसरमा भएको थियो । शिविरमा ३० देखि ४९ वर्षसम्मका महिलाहरुको पाठेघर सम्बन्धी जाँच गरिएको हो ।
विभिन्न भेकका नागरिकहरुको सहजताका लागि वडाको माथिल्लो भेक काफलडाँडास्थित स्वास्थ्य चौकीबाट शिविर सुरु गरिएको हो । शिविरमा ८ नम्वर वडासँग जोडिएका र पायक पर्नेहरुलाई समेत सेवा दिइएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment