वालिङ नगरपालिकाद्वारा पशुपालक किसानहरुलाई झण्डै सवा सात लाख अनुदान प्रदान
साउन १३, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले पशुपालक किसानहरुलाई झण्डै सवा सात लाख अनुदान प्रदान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को गाईभैंसी प्रवद्र्धन शिर्षक अन्तर्गत किसानहरुलाई प्रति लिटर रु. १० का दरले झण्डै सवा सात लाख अनुदान आज आइतबार प्रदान गरेको हो ।
एक साना किसान कृषि सहकारी सहित ४० जना किसानहरुले ७ लाख १६ हजार ९ सय २ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् । वालिङ ८ स्थित अकला नमूना कृषि साना किसान सहकारीले १ लाख ७४ हजार अनुदान प्राप्त गरेको छ । यसैगरी सबैभन्दा बढि वालिङ १३ गाहखोलाका छविलाल गैह«ेले ४४ हजार २ सय २५ रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ । कम पाउनेमा वालिङ १ कि देवि रेग्मी हुनुहुन्छ । रेग्मीले २ हजार ३ सय ५२ रुपैयाँ पाउनुभएको छ ।
अनुदान रकमको चेक हस्तान्तरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले सीमित श्रोत र साधनका वावजुद पनि किसानहरुका असिमित आवश्यकतामा सहयोग पुगोस भनेर लागेको बताउनुभयो । नगरपालिकाको बारेमा नगरबासीहरु स्वयम् जानकार भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले अभिभावकीय भूमिकामा नगरपालिका छ भन्ने आभास दिलाउनेगरी काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ, व्यवहारमा हेर्ने हो भने सबैभन्दा पिछडिएको र हेला र नजरअन्दाजमा कृषि क्षेत्र नै परेको छ । कृषि मुख्य हो, तसर्थ सुखी नगरवासी र समृद्ध वालिङको नारालाई सार्थक पार्नेमध्ये कृषि पनि एक महत्वपूर्ण रहेको नगर प्रमुख खाँणले औंल्याउनुभयो । हामीले कृषकलाई आय आयर्जनमा जोड्न र समृद्ध गर्न सकेनौं भने हाम्रा उद्देश्य पूरा नहुने उहाँले व्यक्त गर्नुभयो । सबैको सुझाव लिएर अन्य क्षेत्रमध्ये महत्वपूर्ण ठानेर कृषिलाई माथि उठाउनुपर्छ भन्ने मान्यता र प्रतिवद्धताकासाथ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी नगर उप प्रमुख कविता तिवारी गैह«ेले बाटो घाटो, शिक्षा स्वास्थ्यसँगै मानव संसाधनको पनि विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानव संसाधनको विकासलाई मुख्यप ठानेर कृषिमा अनुदानका कार्यक्रम अगाडि सारेको उल्लेख गर्नुभयो । यो वर्ष दुधमा अनुदानसँगै एउटा गाई खरिदका लागि भनेर रु. ५० हजार अनुदान सहयोग गर्ने कार्यक्रम लागु गरिसकेको भन्दै उप प्रमुख गैह«ेले वालिङले देशमै नमूना कार्यको थालनी गरेको व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कृषकहरुको उत्थानका लागि दुईदेखि पाँचवटासम्म गाईपाल्नेलाई एउटा गाई खरिद वापत रु.५० हजार अनुदान दिने कार्यक्रम लागु गरेका हौं । योसँगै देशमै नमूना कार्यको थालनी वालिङमा भएको हो ।” वालिङ नगरपालिकामा कृषकहरुको उत्थानका लागि यो पहिलो र उत्कृष्ट कार्य भएको उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले किसानहरु पेशाबाट लाभान्वित हुन तालिमको आवश्यकता रहेको धारणा राखेका छन् । योसँगै वास्तविक किसान मर्कामा परेकाले उनिहरुको पहिचान हुन आवश्यक रहेको सहभागीहरुको सुझाव छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment