pokhara news

सप्तक सङ्गीतले वालिङमा आमा नृत्य प्रतियोगिता ग¥यो

भदौ—१५, स्याङ्जा ।
स्याङ्जाको वालिङमा रहेको सप्तक सङ्गीत सांस्कृतिक केन्द्रले आमा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । हरितालिका (तीज) को अवसरमा आज भाद्र १५ गते शनिबार सप्तक संगित सांस्कृतिक केन्द्र वालिङले खुल्ला आमा नृत्य प्रतियोगिता आयोजना गरेको हो । यस अवसरमा तीजको सामुहिक दर खाने तथा आमा नृत्य प्रतियोगिताको आयोजना गरिएको केन्द्रका सञ्चालक देवराज गैह्रेले जानकारी गराउनुभयो । 
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले सांस्कृतिक केन्द्रले तीज पर्वका अवसरमा प्रतियोगितात्मक कायृक्रमको माध्यमबाट आमाहरुको सम्मान गरेको बताउनुभयो । घराएसी तथा विविध कामको व्यस्ततासँगै आँफूभित्र गुम्सिएर रहेको चाहनालाई यसरी स्थान दिनु सराहनीय रहेको गण्डकी प्रदेश सांसद तिवारीले बताउनु भएको हो । उहाँले भन्नुभयो, “नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) विभिन्न तरिकाले मनाउने शिलशीलामा  सप्तक सङ्गीत सांस्कृतिक परिवारले विशेषगरी आमाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले  गरिएको कार्यक्रम सराहनीय छ । हरेक महिलाहरुसँग क्षमता हुन्छ, त्यो क्षमता प्रदर्शन गर्ने ठाउँ पाएका थिएनन् । यस अर्थमा पनि आमा नृत्य प्रतियोगिताले मैले पनि गर्नसक्छु भन्ने आँट, क्षमता र विश्वास दृढ हुन्छ ।” 
महिलाहरुका लागि अवसरको कमि छ, तथापी लोकतान्त्रिक शासन व्यवस्थाको सुरु भए यता धेरै सहज भएको उहाँले औंल्याउनुभयो । महिलाहरुले घर चलाउँछौं, समाज चलाउँछौं, विभिन्न समूहको नेतृत्व गर्छौं, विभिन्न विकासका काम गर्छौं यसको साथमा राज्य सञ्चालन गर्ने अवसरहरु सिर्जना भएको छ । त्यस्तै गरेर आफ्ना प्रतिभा प्रस्फुटन गर्ने वातावरण बनेको छ, यो राज्य व्यवस्थाको उपज हो । जुन हामीले नै ल्याएका हौं, यस अन्तर्गत यस्ता प्रतियोगितात्मक कार्यक्रमहरु पनि भएको गण्डकी प्रदेश सांसद तिवारीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा १५ जनाको सहभागिता रहेको प्रतियोगितामा समिक्षा सुवेदीले प्रथम स्थान हाँसिल गर्नुभएको छ ।  यसैगरी सुजना पंगेनी र आशा थापाले द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको साथमा चर्चित नृत्याङ्गना सृष्टि विश्वकर्मा, सलिना थापा र सृष्टि मल्ला ठकुरीको नृत्यले थप मनोरञ्जन प्रदान गरेको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर