सहुलियत कृषि कर्जाका लागि व्याङ्कहरुले सहजीकरण गर्ने
जेठ १४, स्याङ्जा ।
कृषक तथा कृषि उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका व्याङ्कहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरेपछि व्याङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि एवम् कृषकहरुसँगको छलफल पछि व्याङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
वालिङमा भएको कार्यक्रममा गरिमा बिकास व्याङ्कका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।” वित्तीय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उहाँको भनाई छ ।
कृषि विकास व्याङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । व्याङ्कको कूल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उहाँको भनाई छ ।
नेपाल व्याङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताउनु भयो । उहाँले भन्नुभयो,“ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्छौ ।”
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराए । सस्तो व्याज दर र बिना धितो थोरै कर्जाले ठूलो काम हुने भएकाले व्याङ्कहरुले सहयोग गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
वालिङका उपप्रमुख तिवारीले एनएम्बी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाख सम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिनुभयो । बिना धितो गाउँगाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उहाँको भनाई छ ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेका कृषि विकास परियोजनामा आवद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रीय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिनु भयो । गाउँगाउँमा रहेका कृषकहरुलाई सहज रुपमा कृषि कर्जा उपलव्ध गराउने कार्यक्रमको योजना रहेको उहाँको भनाई छ ।
कार्यक्रममा वालिङमा रहेका व्याङ्कहरुले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालन गर्ने जानकारी गराएका छन् ।
वाणिज्य व्याङ्क वालिङका प्रमुख लिला गुरुङ, मुक्तिनाथ विकास व्याङ्कका प्रमुख नविन काफ्ले, लक्ष्मी व्याङ्कका प्रमुख मणिप्रसाद बस्याल, एनएम्बी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डे, वित्तीय अधिकृत नगेन्द्र भट्ट लगायतले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी गराएका हुन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment