स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा २४ जनाले प्रतिष्पर्धा गर्ने
वालिङ–१० माघ ।
स्याङ्जामा दुई निर्वाचन क्षेत्रमा २४ जना उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि परेका उमेदवारीको निर्वाचन अधिकृतको कार्यालयहरुले शुक्रबार प्रकाशित गरेको अन्तिम नामावली अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रमा २४ जना उम्मेदवारले प्रतिष्पर्धा गर्ने भएका हुन् ।
क्षेत्र नं १ र क्षेत्र नं. २ मा १२÷१२ जना चुनावी मैदानमा उत्रिने भएका छन् । विभिन्न पार्टीका र स्वतन्त्र गरी २४ जनाले चुनावी मैदानमा भाग लिएका हुन् । शुक्रबार उम्मेद्वार फिर्ता लिने समयअवधिमा क्षेत्र नं. १ मा जम्मा १३ जनाको आवेदान परेकामा स्वतन्त्र उमेदवार १ जनाले फिर्ता लिएका छन् । यसैगरी क्षेत्र नं. २ मा १५ जनाको उमेदवारी परेकामा २ जना स्वतन्त्र र १ जना पार्टीका गरी ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएसंँगै जिल्लामा २४ जना उम्मेदवारी कायम भएको हो ।
क्षेत्र नम्वर २ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट माघ ६ गते उम्मेदवारी दर्ता गराएका टिकाराम रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेलाई समर्थन गर्ने सहमतिसंँगै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । यसैगरी क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जी, क्षेत्र नं. २ का स्वतन्त्र उम्मेद्वार घनश्याम पाण्डे र दिलीप श्रेष्ठले आ–आफ्नो उम्मेद्वारी फिर्ता लिएकोे निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, मङ्गोल नेशनल अर्गनाइजेशन, प्रगतिशिल लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारहरु रहेका छन् । यहाँ मुख्य गरी नेपाली कांगे्रस र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ । यसअघि दुवै क्षेत्रमा विजयी भएको नेपाली काङ्गे्रसले आफ्नो जीत कायम राख्ने जोडमा देखिन्छ भने नेकपा एमालेले २०७९ को हारलाई बदला लिने तयारीमा छ । क्षेत्र नं. १ मा काङ्गे्रसका भरतराज ढकाल र एमालेका मिनप्रसाद गुरुङबीच चुनावी प्रतिष्पर्धा छ भने क्षेत्र नं. २ मा काङ्गे्रसका भागवतप्रकाश मल्ल र एमालेका खिमबहादुर थापाबीचमा प्रतिष्पर्धा हुनेछ । १ सय ९९ मतदानस्थल र ३ सय २२ मतदान केन्द्र रहेका स्याङ्जामा २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment