स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्रमा दैनिक महाआरती
स्याङ्जा, साउन ८
स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा दैनिक महाआरती शुरु भएको छ । श्रावण महिना भगवान शिवको प्रिय महिना भएकाले मन्दिरमा साँझको समयमा दैनिक महाआरती शुरु गरिएको हो । भीरकोट ४ छाङछाङदीमा रहेको ऐतिहासिक मन्दिर छायाँक्षेत्रमा पहिलो सोमबारदेखि महाआरती शुरु भएको हो । मन्दिरमा २०७५ सालमा पहिलो पटक महाआरती गरिएको थियो भने त्यसपछि यो दोस्रो पटक मन्दिरमा महाआरती गरिएको हो ।
श्रावण महिना आँफैमा पवित्र महिना भएको र शिव भगवानको स्तुति गर्ने महिना भएकाले पनि श्रावण महिनामा महाआरती गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । महाआरतीमा सहभागी भई पूण्य प्राप्त गर्न अध्यक्ष श्रेष्ठले भक्तजनहरुलाई आग्रह गर्नुभयो । आफ्ना पितृहरुको स्मरणमा, विभिन्न शुभ कार्य, जन्मोत्सवका अवसरमा भक्तजनहरुले महाआरती गराउन सक्ने उहाँले बताउनुभयो । यो महाआरती गराउनका लागि न्युनतम शुल्क तोकिएको भन्दै मन्दिरलाई आम्दानी भन्दा पनि भक्तजहरुको चाहना र भगवानको महिमाको लागि महाआरती शुरु गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
यहाँ विशेष गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पूरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागि आउने गरेका छन ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment