स्याङ्जामा माघ २ देखि ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुने
वालिङ–३०, पुस ।
स्याङ्जामा प्रथम खुमा अर्याल कप–२०८२ अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग (रनिङ शिल्ड) आयोजना हुने भएको छ । खुमा अर्याल फाउण्डेसनको आयोजनामा पुतलीबजार नगरपालिकाको सह–आयोजना तथा जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग (रनिङ शिल्ड) हुनेभएको हो । प्रतियोगिता माघ २ देखि १४ गतेसम्म सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सञ्चालन गरिने छ । प्रतियोगिताको जानकारी दिने उद्देश्यले आज स्याङ्जामा आयोजित पत्रकार सम्मेलनमा जिल्लाका ११ वटै पालिकाको जर्सी, फाउण्डेशनको गीत र प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ ।
पmाउण्डेशनले शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, विपद व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक परम्परा संक्षरण जस्ता मानवीय सहयोग गर्दै आएको छ । आईसिसि महिला अण्डर नाईन्टीन विश्वकप प्रतियोगितामा नेपालकै नाम उच्च बनाउने स्याङ्जाका ३ जना क्रिकेट महिला खेलाडीहरुलाई १÷१ लाख नगद सहित सम्मान गर्दै परिवार र प्रशिक्षकलाई समेत फाउण्डेसनले सम्मान गरेको थियो ।
स्याङ्जाका युवाहरुमा क्रिकेट खेलप्रति देखिएको चासोलाई आत्मसाथ गर्दै र खेलाडी उत्पादनगर्दैजाने खेलाडीहरुको मनोबल उच्च बनाउने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले फाउण्डेशनले जिल्लाका विभिन्न क्षेत्रमा निकै सकारात्मक कार्य गर्दै आएको भन्दै खेल क्षेत्रमा फाउण्डेशनले गरेको यो लगानीले खेलाडी तथा समग्र खेल क्षेत्रको प्रवद्र्धन हुने उल्लेख गर्नुभयो । ६४ लाख ९ हजार ७ सय रुप्ैाँया खर्च हुने प्रतियोगितामा विदेशी खेलाडीहरु समेत सहभागी हुनेछन् ।
यसपाली जिल्लाभर छरिएर रहेका खेलाडीलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ अन्तरपालिका टी–२० डिउज बल प्रतियोगिता आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँ, तृतीय स्थान हासिल गर्ने टिमले एक लाख र सान्त्वना स्थानले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । लगातार तीन वर्ष विजेता हुने पालिकाले मात्र रनिङ शिल्ड हात पार्नेछ ।
यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ र प्रतियोगिताभरका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ । प्रत्येक खेलको अन्तिममा दर्शक तथा आफ्नो टिमको समर्थकको लागि ‘म्यान अफ द म्याच’ जस्ता विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष माधव गैह्रेले फाउण्डशनले खेल क्षेत्रको विकासका लागि गरेको प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा खेकुद विभाग प्रमुख सागर पौडेलले कार्यक्रमको प्रेस वक्तव्य प्रस्तुत गर्नुभएको थियो भने क्यानका अध्यक्ष दिवाकर थापाले प्रतियोगिताको प्राविधिक विषयमा जानकारी गराउनुभएको थियो ।



Leave A Comment