स्याङ्जा–१ मा एमाले उम्मेदवार गुरुङको ३३ बुँदे संकल्प सार्वजनिक
स्याङ्जा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मिन प्रसाद गुरुङ को जितमार्फत “समृद्ध स्याङ्जा” निर्माण गर्ने लक्ष्यसहित ३३ बुँदे संकल्पपत्र सार्वजनिक गरेको छ।
संकल्पपत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सबै स्थानीय तह र वडा केन्द्रलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्ने, विभिन्न करिडोर र नयाँ राजमार्ग विकास गर्ने योजना समेटिएको छ। साथै “एक घर–एक धारा” अभियानअन्तर्गत सबै घरमा खानेपानी सुविधा पुर्याउने प्रतिबद्धता जनाइएको छ।
सामाजिक क्षेत्रमा निरपेक्ष गरिबी १०.३ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने, बेरोजगारी दर आधाले घटाउने, स्वास्थ्य बीमामा शतप्रतिशत आवद्धता गराउने र सामुदायिक विद्यालय सुधार गर्ने लक्ष्य राखिएको छ। प्रदेश अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा प्रत्येक स्थानीय तहमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने योजना पनि समावेश गरिएको छ।
उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिँदै युवालाई सीप तालिम, दलित र महिला समुदायलाई आयआर्जन कार्यक्रम, पर्यटन पूर्वाधार विकास तथा सुन्तला र जडीबुटी उद्योग स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।
एमालेले “घर–घरमा रोजगार, मन–मनमा एमाले” नारासहित गुरुङलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment