JCI Nepal को National Councilors’ Academy पोखरामा हुने
Pokhara Jaycees को आतिथ्यतामा 2026 JCI Nepal National Councilors’ Academy आयोजना हुने भएको छ। नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
Junior Chamber International अन्तर्गत नेपालमा क्रियाशील JCI Nepal ले स्थानीय शाखाका अध्यक्ष तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्न उक्त एकेडेमी आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रम चैत २० र २१ गते Pokhara स्थित Kuti Resort मा सञ्चालन हुने तय गरिएको छ। सहभागीहरूका लागि चैत २० गते बिहान १० बजे रिपोर्टिङ समय तोकिएको छ।
एकेडेमीमा सहभागी हुनका लागि प्रति व्यक्ति रु. २,६०० (एक दिनको आवास सहित) शुल्क तोकिएको आयोजकले जनाएको छ। सहभागीहरूले शुल्क Everest Bank Limited मा रहेको पोखरा जेसिजको खातामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले Leadership Training, Organizational Development, तथा Personal Growth सम्बन्धी विभिन्न सत्रहरूमा सहभागिता जनाउनेछन्। साथै जेसिजका गतिविधि र वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नेतृत्व कौशल विकास गर्ने उद्देश्य राखिएको छ।
Pokhara Jaycees का अध्यक्ष जेसी सुमन पहारी ले जारी गरेको सूचनामा देशभरका शाखा अध्यक्षहरूलाई अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिएको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment